दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
काठमाडौं : एकदिवसीय विश्वकपको छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ।
नेदरल्यान्ड्सले १५७ रनको विजयी लक्ष्य ३६.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएपछि नेपालले पाँच विकेटले दोस्रो अभ्यास खेलमा पराजित भएको हो।
यसअघि बिहीबार स्कटल्यान्डसँग भएको अभ्यास खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।
नेदरल्यान्डस्का लागि विस्ली बार्रेसीले अविजित रहँदै सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले।
यस्तै, साक जुल्फिकर र स्कट एडवार्डले समान २२, विक्रमजित सिंह २१, तेजा निजामानरुले ७ र लेभन बीकले अविजित रहँदै ४ रन जोडे।
नेपालका लागि गुलसन झा तथा ललितनारायण राजवंशीले समान २–२ तथा प्रतिश जिसीले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ३६.५ ओभरमा अलआउट हुदैँ १५६ रन जोड्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। गुल्सन झाले २४, प्रतिश जिसीले १९, सोमपाल कामी र आरिश शेखले १८, भीम सार्कीले १० रन जोडे।
सधैँ झैँ यस खेलमा पनि ओपनर जन्म सकेनन्। कुशल भुर्तेल ९ रनमा आउट हुँदा आशिफ शेख र अर्जुन साउदले समान ४–४ रन जोडे। दीपेन्द्रसिंह ऐरी ६ रनमा पेभेलियन फर्किँदा किशोर महतो १ रन बनाएर नटआउट रहे।
बलिङतर्फ लिभान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटोन फ्लोइडले दुई र शरिज अहमतले एक विकेट लिए।
यो अभ्यास खेलपछि नेपाली टोली विश्वकप छनोटका खेल खेल्न जिम्बावे जानेछ। त्यहाँ टोलीले युएई र ओमानसँग अभ्यास खेल खेल्नेछ।
त्यसपछि जुन १८ तारिखमा नेपालले जिम्बावेसँग उद्घाटन खेल खेल्नेछ।
जेठ २७, २०८० शनिबार २०:०१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।