शाहिद कपूरले १५ करोड पारिश्रमिक घटाए
एजेन्सी : ‘कबीर सिंह’ रिलिजपछि निर्माताहरूको रोजाइमा पर्ने गरेका अभिनेता शाहिद कपूरले आफ्नो पारिश्रमिक १५ करोड रुपैयाँ घटाएका छन्।
गत महिना मात्र मलयालम निर्देशक रोशन एन्ड्रयूजले शाहिदलाई आफ्नो अर्को फिल्मको लागि मुख्य भूमिकामा साइन गरेका उनले १५ करोड रुपैयाँ पारिश्रमिक घटाएको बलिउडहंगामाले जनाएको छ।
रोय कपुर फिल्म्स र जी स्टुडियोद्वारा निर्मित, यो फिल्म एक एक्शन थ्रिलर हो जसमा शाहिदको अपोजिटमा डेब्यु अभिनेत्री पूजा हेगडे देखिनेछिन्।
शाहिदले आफ्नो पछिल्लो ओटीटी रिलिज ‘ब्लडी डैडी’को लागि ४० करोड भारु लिँदा रोशन एन्ड्रयूजको एक्शन थ्रिलर फिल्मका लागि भने १५ करोड रुपैयाँ घटाएको समाचारमा उल्लेख छ। अब उनले यो फिल्मको लागि २५ करोड रुपैयाँ मात्र लिने भएका छन्।
फिल्मनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘फर्जीको र ब्लडी ड्याडीको सफलतापछि शाहिदको ब्रान्ड भ्यालु निकै बढेको छ। तर शाहिदले शुल्कको मामलामा आफ्ना निर्माताहरूलाई कहिल्यै निराश पार्दैनन्।’
शाहिदले अन्य कलाकारका लागि उदाहरण बसाएको भन्दै फिल्म उद्योगका अन्यले पनि आफ्नो पारिश्रमिक पुनर्मूल्याङ्कन निर्णय गर्नुपर्ने उनको भनाइ छ।
जेठ २७, २०८० शनिबार १८:३५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।