सांसद् सोविताको चेतावनी- ‘मेरो चरित्रहत्या गर्ने सबैको नोटडाउन गरेको छु, कारबाहीमा जान्छु’

सांसद् सोविताको चेतावनी- ‘मेरो चरित्रहत्या गर्ने सबैको नोटडाउन गरेको छु, कारबाहीमा जान्छु’

काठमाडौं : रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो विवाहकाबारे समाजिक सञ्जालमा अनर्गल प्रचार गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएकी छन्।

एक पडकास्टमा उनले आफूविरुद्ध अनर्गल प्रचार गरेको र आफूलाई सोध्दै नसोधी चरित्रहत्या गरिएको भन्दै जो-जसले यस्तो गरेका छन् उनीहरू विरुद्ध कानूनी कारबाहीमा जाने बताएकी हुन्।

‘जो जसले नभएका कथा बुनेर लेखेका छन्, सबैबारे नोट डाउन गरेको छु। यो देशमा कानून छ। कानूनी कारबाहीमा जान्छु।’

आफू जापान भ्रमणमा रहँदा यता नेपालमा आफ्नो विवाहबारे अनर्गल प्रचार फैलिएको र बुवाले फोन गरेर आमा मरी भने थाहा छैन भनेर फोन गरेको भन्दै उनी भावुक बनिन्।

उनले यसबीचमा सामाजिक सन्जाल ट्विटर निस्क्रिय* बसेको बताइन्। ट्विटरमा बौद्धिक दरिद्रता धेरै रहेको र अट्याक गर्नुपरेमा फेक आइडी बनाएर अट्याक हुने गरेको भन्दै यस्तो अवस्थामा ट्विटर विषालु हुने भएकाले निस्क्रियय बसेको उनलेे बताइन्।

सोविताले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी थिइन्। चितवनका गृहेन्द्र र सोविताको विवाह भएको सार्वजनिक भएसँगै सोवितामाथि सामाजिक सन्जालमा आक्रमण बढेको थियो।

गृहेन्द्रको यो दोस्रो विवाह हो। पहिलो विवाह असफल भएसँगै १० वर्ष अगाडि नै उनको सम्बन्धविच्छेद भएको बुझिएको छ।

तर, सोविताको कारण सम्बन्ध विच्छेद भएको भन्दै उनीमाथि साइबर बुलिङ र साइबर आक्रमण बढेको थियो।

*यस अगााडि ट्विटर डिलेट लेखिएको। तर डिलेट नभई निस्क्रिय मात्र बसेको खुलेकाले सच्याइएको छ।

जेठ २७, २०८० शनिबार १६:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।