नेदरल्यान्डविरुद्धको अभ्यास खेलको सातौं ओ‌भरमै चार विकेट गुम्यो

नेदरल्यान्डविरुद्धको अभ्यास खेलको सातौं ओ‌भरमै चार विकेट गुम्यो

काठमाडौं : नेपालले दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध खराब सुरुवात गरेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ८ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै ३६ रन बनाएको छ।

पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेख ४ रन बनाएर आउट हुँदा अर्जुन साउदले पनि चार रन बनाएर आउट भए।

उता कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए।

यस्तै सातौं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी ११ बलमा रन बनाएर पेभेलियन फर्किए।

नेदरल्यान्डका लोगन भानले तीन तथा रायन क्लेनले एक विकेट लिए।

२७ जेठ, २०८०, १४:२६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।