विवादास्पद ट्विट लेखेर चर्चित बनेका राशिदले भने, 'अक्षय कुमारले मेरो हत्या गर्न खोजे'

विवादास्पद ट्विट लेखेर चर्चित बनेका राशिदले भने, 'अक्षय कुमारले मेरो हत्या गर्न खोजे'

आफूलाई फिल्म समालोचक भनिने चिलाउँदै ट्विटरमा विवादित अभिव्यक्ति दिँदै आएका कमल राशिद खानले फेरि एकपटक विवादास्पद ट्वीट गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो ज्यान खतरामा छ र यो खतरा अक्षय कुमारबाट भएको हो।' आफूलाई अक्षयले मार्ने ठेक्का दिएको उनले आरोप लगाएका हुन्। 

राशिदले भनेअनुसार उनी जेलमा हुँदा अक्षयले त्यहाँ पनि कसैलाई मार्न सुपारी दिएका थिए। यद्यपि उनीहरू फरार भएका उनले लेखेका छन्। 

अक्षयका १० फिल्मको नाम सेयर गर्दै उनले उक्त फिल्मलाई फ्लप भएको पनि लेखेका छन्। राशिदले अक्षयको आगामी फिल्म 'ओएमजी २' पनि फ्लप हुने बताए। 

'मलाई केहि भयो भने अक्षय जिम्मेवार हुनेछन्'

राशिदले ट्विटमा लेखेका छन्- अक्षय कुमार बाहेक बलिउडमा सबैको मसँग राम्रो सम्बन्ध छ। अक्षय मलाई जेल र प्रहरी चौकीमा मार्न चाहन्थे। यदि मलाई केही भयो भने त्यसको जिम्मेवार अक्षय कुमार मात्र हुनेछन्।

यदि आफू मारिए सलमान खान, शाहरुख खान र करण जोहरसँग यसको कुनै सरोकार नहुने पनि उनले लेखेका छन्। 

२७ जेठ, २०८०, १३:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।