भारत र पाकिस्तानसँग खेल्न जाने नेपाली टिमको बिदाइ

भारत र पाकिस्तानसँग खेल्न जाने नेपाली टिमको बिदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ।

हङकङमा सोमबारदेखि आयोजना हुने प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग पनि भिडन्त गर्नेछ। प्रतियोगिताका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिमको घोषणा गरिसकेको छ।

थाईल्यान्डले भिसाका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले खेल्न पाएको हो।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ रहेका छन्। नेपालले मंगलबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ।

आठ टिम रहेको प्रतियोगितामा दुई समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा प्रवेश पाउनेछन्।

२७ जेठ, २०८०, १३:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।