रेशम चौधरीलाई आममाफी दिइएको सरकार टिकाउनकै लागि हो : शेखर कोइराला

रेशम चौधरीलाई आममाफी दिइएको सरकार टिकाउनकै लागि हो : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन्।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीनवटै तहको अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने उल्लेख गरे।

उनले भने, ‘हामी कहाँ दण्डहीनता पनि कताकता बढ्दै गएकोमा मलाई चिन्ता लागिरहेको छ। अहिले भर्खरै हेर्नुस्। तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो।’

‘हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा। सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ,’ उनले थपे।

२७ जेठ, २०८०, १२:२२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।