गर्मी बढेपछि गोरखामा ५३ वटा विद्यालय बन्द

गर्मी बढेपछि गोरखामा ५३ वटा विद्यालय बन्द

गोरखा : अत्यधिक गर्मी बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ।

गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगर क्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिए।

गर्मी ह्वात्तै बढेपछि बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको उनले बताए। गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगर प्रमुख चिन्तनको भनाई छ।

पालुङटार क्षेत्रमा पछिल्लो समय ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको उनले बताए।​​​​​​​ पालुङटार नगरपालिका भित्र ८ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

२७ जेठ, २०८०, १२:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।