दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं : विश्वकप छनोटअघिको दोस्रो अभ्यास खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

जिम्बावेमा हुने एकदिवसीय विश्वकपको छनोटअघि हाल नेपाली टिम अभ्यासका लागि दक्षिण अफ्रिकामा रहेको छ।

यसअघिको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। पहिलो खेलमा ब्याटिङ नचल्दा नेपालले भारी अन्तरको हार भोगेको थियो।

दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम अभ्यास खेल हो। एक साताको तयारी र दुई अभ्यास खेल खेलेर नेपाल अब जिम्बावे जानेछ।

असार ३ गतेदेखि जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। जहाँ नेपालसँगै बलिया दुई राष्ट्र वेस्टइन्डिज र जिम्बावे तथा अमेरिका र नेदरल्यान्ड्स रहेका छन्। 

१० टिमको दुई समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा अर्को समूहको तीन टिमसँग खेलेपछि अंकको आधारमा शीर्ष दुई टिमले फाइनलसँगै विश्वकपमा स्थान पक्का गर्नेछन्।

जिम्बावेमा पनि छनोट अघि नेपालले यूएई र ओमानसँग आधिकारिक वार्मअप खेल खेल्नेछ।

२७ जेठ, २०८०, ०७:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।