कोशी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

कोशी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ २७, २०८० शनिबार ०७:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।