टप फाइभ : प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न आदेश, २९ उजुरी परेसँगै हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बन्न सकस

टप फाइभ : प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न आदेश, २९ उजुरी परेसँगै हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बन्न सकस

काठमाडौं : शुक्रबार संसद् बैठक बस्यो। बैठकको सुरुमै एमाले सांसद् योगेश भट्टराईले कोशी प्रदेशमा आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गर्दै गृहमन्त्रीसँग जवाफ माग गरे। लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए। त्यसपछि भने बजेटमाथिको छलफल जारी रह्यो।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरियो। प्रदेश प्रमुख अमिक शेरचनले बैठकमा उनले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेको देखियो।

अब लागौं टप फाइभतर्फः
उकेराले दिउँसो लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको समाचार लेख्यो।
पूरा समाचारः यस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तै, युनिटी लाइफ इन्टरनेशलको ठगी धन्दाबारेको समाचार लेख्यो। पिरामिड शैलीको अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेर तीन लाख बढी सर्वसाधारणको तीन अर्ब बढी रकम ठगी गरेको भन्दै युनिटी लाइफ इन्टरनेशनलविरुद्ध अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढेको १३ वर्ष भयो। तर अझैँ टुंगिएको छैन।
पूरा समाचारः युनिटीको नाममा रहेको साढे तीन अर्बको सम्पत्ति खै!

नियमित कोलमतर्फ उकेराले आज मध्यमधारमा हेटौंडाकी लक्ष्मी घलानका अनुभव लेख्यो। प्रेम गर्नु अपराध  होइन। तर समाज र राज्यले बनाइदिएको ‘लक्ष्मण रेखा’ नाघ्यो भने कस्तासम्म आरोप खेप्नुपर्छ अनि ज्यान नै दाउमा कसरी पर्छ भन्ने लक्ष्मी घलानको जोडीले भोगेको छ।
पूरा समाचारः मध्यमधारः छोरी समलिङ्गी भएपछि बुवाले नै पेट्रोल छर्किएर मार्न तम्सिए

यस्तै साँझमा उकेराले संसदीय सुनुवाइमा अनुमोदित भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की एक महिनाका लागि प्रधानन्यायाधीश नियुक्त हुने विषयको समाचार लेख्यो। ६५ वर्षे उमेर हदका कारण कार्की भदौ २५ गते अवकाशमा जानेछन्।
पूरा समाचारः एक महिनाका लागि प्रधानन्यायाधीश बन्न कार्कीलाई सकस, बहालवाला न्यायाधीशसहित २९ वटा उजुरी

यस्तै उकेराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दरपीठ भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको समाचार लेख्यो।
पूरा समाचारः प्रचण्ड विरुद्धको बाल सैन्य सम्बन्धि रिट दर्ता गर्न आदेश

२६ जेठ, २०८०, २२:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।