चर्च ब्वाइज र खुमलटारबीच तनावपूर्ण खेल, पाँच वटा रेड कार्ड

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग पराजित भएसँगै फुटबल क्लब खुमलटार रेलिगेसनमा परेको छ।
यससँगै दुई नवप्रवेशी क्लबमा चर्च ब्वाइज शीर्षस्थान र खुमलटार पुच्छारको स्थानमा रहेर ए डिभिजन लिगको पहिलो सिजन अन्त्य गरे।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सिमित चर्च ब्वाइजले २-० को जित दर्ता गर्यो। पहिलो हाफमा गरेको २ गोल नै चर्च ब्वाइजको जितमा निर्णायक सावित भयो।
पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो। रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए।
यता चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो। चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १-१ गोल गरे। १२औं मिनेटमा एरिक विष्टको फ्रिकिक पासमा सुशीलले सुन्दर गोल गरेका थिए।
पहिलो हाफकै इन्ज्युरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए। आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल थप्यो। इन्ज्युरी समयमा नै चर्च ब्वाइजका लागि बेम्पाले वन भर्सेस वनमा फिनिस गर्दै २-० को अग्रता दिलाए।
यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गर्यो। खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुच्छारमा रह्यो।
जेठ २६, २०८० शुक्रबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।