हार्ली डेभिड्सन एभरेस्ट च्याप्टरले मानसिक स्वास्थ्यका लागि च्यारिटी राइड गर्दै

हार्ली डेभिड्सन एभरेस्ट च्याप्टरले मानसिक स्वास्थ्यका लागि च्यारिटी राइड गर्दै

काठमाडौँ : हार्ली डेभिड्सनका प्रयोगकर्ताहरूको समूह एभरेस्ट च्याप्टरले मानसिक स्वास्थ्यका लागि सहयोग जम्मा गर्न च्यारिटी यात्रा गर्ने भएका छन्।

शनिवार वसन्तपुरबाट च्यारिटी राइड सुरु भएर भक्तपुरहुँदै नक्सालको बङलो बार एन्ड किचेनमा पुगेर समापन हुनेछ।

बङलोबारमा हुने च्यारिटी डिनरबाट सङ्कलित रकम मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने समथा साइकोलोजिकल प्रालीलाई हस्तान्तरण गरिने एभरेस्ट च्याप्टरका सदस्य डा दिपन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विष्टले जारी गरेको विज्ञप्तिमा नेपालमा रहेका र वैदेशिक रोजगारी लगायतका अन्य प्रयोजनमा विभिन्न देशमा रहेका नेपाली युवाहरूको मानसिक स्वास्थ्यलाई सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको उल्लेख छ।

२६ जेठ, २०८०, २०:०८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।