टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत २९६ रनमा अलआउट, १७३ रनले पछि

टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत २९६ रनमा अलआउट, १७३ रनले पछि

काठमाडौं : वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल खेलको तेस्रो दिन भारत पहिलो इनिङ्समा २९६ रनमा अलआउट भएको छ।

टोली पहिलो इनिङ्समा १७३ रनले पछि छ। अस्ट्रेलियाले पहिलो इनिङ्समा ४६९ रन बनाएको थियो।

भारतका लागि अजिंक्य रहाणेले ८९, शार्दुल ठाकुरले ५१ रनको अर्धशतकीय पारी खेले। यी दुईबीच सातौं विकेटका लागि १०९ रनको साझेदारी गरेका थिए।

दिनको पहिलो सेसनमा भारतलाई भाग्यले पनि साथ दिएको थियो, जहाँ भारतीय ब्याट्सम्यानले तीनपटक जीवनदान पाएका थिए।

बलिङतर्फ प्याट कमिन्स तीन तथा मिचेल स्टार्क, स्कट बोल्याण्ड र क्यामरुन ग्रीनले समान २–२ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्टेलियाले १२१.३ ओभरमा १० विकेट गुमाएर ४६९ रन बनाएको थियो।

उसका लागि ट्राभिस हेड र स्टिभ स्मिथले क्रमशः १६३ र १२१ रनको शतकीय पारी खेले। यस्तै एलेक्स क्यारीले ४८, डेभिड वार्नरले ४३, मार्नुस लाबुनचेन्जले २६ रनको पारी खेले।

बलिङतर्फ भारतका मोहम्मद सिराजले चार तथा मोहम्मद सामी र शार्दुल ठाकुरले दुई–दुई विकेट लिए।

अस्ट्रलेयाले अहिले पुनः दोस्रो पारी थालेको छ।

२६ जेठ, २०८०, १९:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।