सरकारको खाताबाट ४६ अर्ब रकम घट्यो

सरकारको खाताबाट ४६ अर्ब रकम घट्यो

काठमाडौं : सरकारको खाताबाट ४६ अर्ब रुपैयाँ घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार सरकारको खातमा रहेको ४६ अर्ब ३८ करोड रुपैयाँ घटेको हो।

२०८० वैशाख मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १८० अर्ब ४२ करोड रुपैयाँ छ।

२०७९ असार मसान्तमा सरकारको खातामा २२५ अर्ब ८० करोड रुपैयाँ मौज्दात थियो।

२६ जेठ, २०८०, १८:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।