प्रचण्ड विरुद्धको बाल सैन्य सम्बन्धि रिट दर्ता गर्न आदेश

प्रचण्ड विरुद्धको बाल सैन्य सम्बन्धि रिट दर्ता गर्न आदेश

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दरपिठ भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

नाबालिगलाई बाल सैन्यको रूपमा प्रयोग गरेर पछि अयोग्य लडाकु बनाउँदै शिविरबाट निकाल्नु युद्ध अपराध भएको दाबी गर्दै बाल सैन्य लेनिन विष्टले रिट दर्ताको प्रयास गरेका थिए।

तर सर्वोच्च प्रशासनले सङ्क्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै उनको रिट दरपिठ गरेको थियो।

दरपिठविरुद्ध विष्टले दिएको निवेदनमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।

२६ जेठ, २०८०, १७:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।