फेसबुकमा ‘घर जग्गा लोन सेवा’ पेज खोलेर ५७ लाख ठगी, तीन जना पक्राउ

फेसबुकमा ‘घर जग्गा लोन सेवा’ पेज खोलेर ५७ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं : फेसबुकमा ‘घर जग्गा लोन सेवा’ नामक पेज बनाई ५७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई र आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसे रहेका छन्।

उनीहरूले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि ‘घर जग्गा लेन सेवा पेज’ नामक पेज बनाएर लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै प्रलोभन पार्ने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गरेका हुन्।

उनीहरूउपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ।

२६ जेठ, २०८०, १६:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।