अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रिय सभा बैठक दुई साताको लागि स्थगित

अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रिय सभा बैठक दुई साताको लागि स्थगित

काठमाडौं : राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि बैठक दुई साताको लागि स्थगित भएको हो।

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।

२६ जेठ, २०८०, १६:०९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।