रोष्ट्रममै एक मिनेट मौन धारण

रोष्ट्रममै एक मिनेट मौन धारण

काठमाडौं : एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठ ‘किसान’ले संसद्को रोष्ट्रममै मौन धारण गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलमा सहभागी हुँदै सांसद् श्रेष्ठले बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरूमाथि गरेको अपमान गरिएकाे भन्दै रोष्ट्रमबाटै मौन धारण गरेका हुन्।

यस्तै उनले नागरिकताविहीन जनताहरूको लागि नागरिकता दिनुपर्ने समेत बताए।

सांसद् श्रेष्ठले यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनीसमेत दिए। सरकारले ल्याएको बजेटमा मधेशलाई हेला गरेको उनको भनाइ छ।

२६ जेठ, २०८०, १४:२७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।