५० हजार घुस सहित समातिए ल्याब टेक्निसियन

५० हजार घुस सहित समातिए ल्याब टेक्निसियन

काठमाडौँ :  ल्याब दर्तामा सहजीकरण गरिदिने भन्दै ५० हजार घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराईलाई पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार उनलाई ५० हजार नगदसहित पक्राउ गरेको हो।

काठमाडौँको शंखमुलमा ५० हजार रुपैयाँ लिइरहेको बेलामा उनी पक्राउ परेका हुन्।

जेठ २६, २०८० शुक्रबार १३:१६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।