जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रचण्ड

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभइ नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन्।

प्रधानमन्त्री दाहालले आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा आयोगको क्षेत्राधिकारमा संकुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सरकार सचेत रहेको बताए। ‘सरकार आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा संकुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत छ,’ उनले भने।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको विषयमा आयोगको धारणाअनुसार व्यवस्थापन गरिने बताए।

जेठ २६, २०८० शुक्रबार १३:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।