भारतले संसद्को नक्सा नहटाएसम्म नेपालले पनि टिस्टा काँगडासहितको नक्सा संसद्मा राख्नुपर्छ : रघुजी पन्त

भारतले संसद्को नक्सा नहटाएसम्म नेपालले पनि टिस्टा काँगडासहितको नक्सा संसद्मा राख्नुपर्छ : रघुजी पन्त

काठमाडौं : एमाले सांसद् रघुजी पन्तले भारतले लुम्बिनी र कपिलवस्तु समेत समेटिएको संसद्को नक्सा नहटाएसम्म नेपालले पनि टिस्टा काँगडा सामेल भएको नक्सा नेपालको संसद्मा राखिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नुभयो मैलै भारतको संसद्मा राखेको नक्साको कुरा उठाएँ। तर हिजो भारतीय विदेश मन्त्री र विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन गर्दै के भनेका छन् भने यो कुरो बंगलादेशले नि उठायो, पाकिस्तानले नि उठायो, नेपालले पनि उठायो। तर मित्र देश नेपालले चित्त बुझाइसक्यो।’

उनले यस विषयमा नेपालले चित्त बुझाएको हो भनेर प्रश्न गरेका छन्।

‘यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले रावी नदीको छेउसम्म पुगेको सिमाना र टिस्टा काँगडालाई पनि सामेल गरेको नक्सालाई भारतले त्यो नक्सा नहटाएसम्म हाम्रो संसदमा राख्दा के हुन्छ?’ उनले थपे।

जेठ २६, २०८० शुक्रबार १२:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।