मुर्रा राँगा नेपाल ल्याउन अझ दुई महिना लाग्ने

मुर्रा राँगा नेपाल ल्याउन अझ दुई महिना लाग्ने

काठमाडौं : भारत सरकारले सहयोग स्वरूप दिने भनिएको १५ वटा मुर्रा जातको राँगा भारतबाट नेपाल आइपुग्न दुई महिना लाग्ने पशु सेवा विभागले जनाएको छ।

विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार नश्ल सुधारका लागि ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र नेपाल ल्याइने छ।

नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ। 

ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन्। 

स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैंसीको मूल्य रु २० देखि २२ लाखसम्म पर्ने उनले बताए।

स्थानीय भैंसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिने उनले जानकारी दिए।

जेठ २६, २०८० शुक्रबार ११:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।