नेपाल संयुक्त राष्ट्र संघको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्र संघको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

काठमाडौं : नेपाल संयुक्त राष्ट्र संघ (यून) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ।

बिहीबार राष्ट्र संघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो।

नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ।मतदानबाट कुल १८ देश सदस्यमा निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्याण्ड लगायत छन्।

राष्ट्र संघको वडापत्र १९४५ अनुसार ६ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो।

जेठ २६, २०८० शुक्रबार १०:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।