बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ : जिल्ला कारागार बागलुङमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने भए पनि हाल १६६ कैदीबन्दी राखिएको छ।

कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन्। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्। 

कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए।

पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको केसीले बताए। उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन्।  

जेठ २६, २०८० शुक्रबार १०:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।