लिगमा आज रेलिगेसनबाट बच्न एपीएफ र फ्रेन्ड्सबीच भिडन्त

लिगमा आज रेलिगेसनबाट बच्न एपीएफ र फ्रेन्ड्सबीच भिडन्त

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) चार खेल हुँदैछ। आजदेखि लिगका अन्तिम (२६औंं) चरणका खेलहरु सुरु हुँदैछ।

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा लिगको पुछारमा रहेको खुमलटारले लिग उपाधि जितिसकेको चर्च ब्वाइज युनाईटेडसँग भिडन्त गर्नेछ।

३ बजे नै दशरथ रंगशालामा हुने खेलमा रेलिगेसनबाट बच्न एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफलाई रेलिगेसनबाट बच्न बराबरी नै पर्याप्त हुनेछ भने फ्रेन्ड्सलाई जित्नैपर्ने दबाब छ।

अर्को खेलमा च्यासल मैदानमा लिगको तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुँदैछ। 

दशरथ रंगशालामा साँझ ६ बजे हुने खेलमा भने त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२६ जेठ, २०८०, ०९:४५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।