अझै केही दिन तापक्रम नघट्ने

अझै केही दिन तापक्रम नघट्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशभर बढिरहेको तापक्रम अझै केही दिन नघट्ने जनाएको छ।

विभागका अनुसार विशेषगरी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ। जसका कारण तातो हावा र लू चलिरहेको अवस्था छ।

तसर्थ, अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २६, २०८० शुक्रबार ०८:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।