एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने

एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने

काठमाडौं : एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान गर्ने भएको छ।

विशेषगरी बैंकिङ्ग पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा रु. ५ लाखसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्य अनुसार एनएमबि बैंक र दराज नेपालबीच सम्झौता भयो।

एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले सम्झौतापत्र आदान प्रदान गरे।

सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यस  कर्जामार्फत ग्राहकहरुले अनलाइनमार्फत आवेदन दिएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकास गरेको बताए।

यस कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैंकले लिएको यो प्रयास कोसेढुङ्गा साबित हुने बैंकले विश्वास लिएको छ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

२६ जेठ, २०८०, ०७:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।