संसद्मा बजेटमाथिको छलफल आज पनि जारी रहने

संसद्मा बजेटमाथिको छलफल आज पनि जारी रहने

काठमाडौं : संसद् बैठकमा आज (शुक्रबार) पनि बजेटमाथिको छलफल जारी रहनेछ।

संसद् सचिवालयका अनुसार संघीय संसद् भवन, बानेश्वरमा आजको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ।

गत सोमबारदेखि प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने र छलफल गर्ने क्रम जारी छ। जसले आज पनि निरन्तरता पाउनेछ।

गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरिएको थियो।

साथै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ।

जेठ २६, २०८० शुक्रबार ०७:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।