यी तीन प्रदेशमा आज वर्षाको सम्भावना

यी तीन प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने पहाडी भू-भागको एक/दुई  स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २६, २०८० शुक्रबार ०७:१४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।