वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले बनायो ४६९ रन

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले बनायो ४६९ रन

काठमाडौं : लण्डनको ओभलमा जारी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको दोस्रो दिन अस्ट्रेलिया ४६९ रनमा अलआउट भएको छ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतले पहिलो दिन अष्ट्रेलियाको तीन विकेट लिएको थियो। पहिलो दिन अस्ट्रेलियाले ३२७ रन बनाएको थियो।

दोस्रो दिनको खेल सुरु भएलगत्तै स्टिभन स्मिथले शतक पूरा गरे पनि त्यसपछि कुनै पनि ब्याट्सम्यान बलियो रूपमा क्रिजमा टिक्न सकेनन्।

बलिङतर्फ मोहम्मद सिराजले ४ विकेट लिए भने मोहम्मद शामी र शार्दुल ठाकुरले २–२ तथा रविन्द्र जडेजाले एक विकेट लिए ।

ट्राभिस हेडले १६३ र स्टिभन स्मिथले १२१ रन बनाए।

जवाफी ब्याटिङ गरिरहेको भारतले ८ ओभर सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ।

२५ जेठ, २०८०, १९:४५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।