दम्पत्तीको द्वन्द्वको कथामा ‘परस्त्री’, नेपाल र भारतमा एकसाथ रिलिज हुने

दम्पत्तीको द्वन्द्वको कथामा ‘परस्त्री’, नेपाल र भारतमा एकसाथ रिलिज हुने

काठमाडौं : असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाजमा एक समारोहका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

दुई मिनेट ५० सेकेण्ड लामो ट्रेलरमा शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका देखाइएको छ।

सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्ममा शिल्पा र कोसिस दम्पतीको भूमिकामा छन्।

‘इरोटिक थ्रिलर’ जनरामा निर्माण भएको फिल्ममा परस्त्रीसँगको सम्बन्धका कारण दम्पतीमा हुने द्धन्द्वलाई प्रस्तुत गरिएको छ।

निर्देशक दीपेन्द्र के खनालको लेखन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। शर्मिला सुरजकी आमा हुन्।

निर्माता पाण्डेले फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने जानकारी दिइन्।

२५ जेठ, २०८०, १८:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।