संसद्को रेकर्डबाट हटाइयो ‘नहुनु मामाभन्दा कानो मामा बेस’

संसद्को रेकर्डबाट हटाइयो ‘नहुनु मामाभन्दा कानो मामा बेस’

काठमाडौं : ‘नहुनु मामाभन्दा कानो मामा बेस’भन्ने शब्दावली संसद्को रेकर्डबाट हटाइएको छ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली प्रयोग गरेका थिए।

पन्तले यो शब्दावली प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले दृष्टिविही समुदायलाई चोट पुग्ने भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।

सांसद ढकालको नियमापत्तिपछि उपसभामुख इन्दिरा रानाले सो शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन्।

जेठ २५, २०८० बिहीबार १८:०५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।