बालेनले राखे आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा

बालेनले राखे आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा

काठमाडौँः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। 

भारतले नयाँ संसद् भवन उद्घाटन गरेपछि जारी गरेको नयाँ नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुसहित ठाउँ समावेश छन्। भारतको उक्त कदमपछि बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षको भित्तामा लगाएका हुन्। 

भारतको उक्त कदमप्रति नेपालमा विरोध भइरहेको छ। 

बालेनले यसअघि आफ्नो कार्यकक्षमा राखिएको नेपालको थ्रिडी नक्सालाई हटाएर ग्रेटर नेपालको नक्सा राखेका हुन्। 

मेयर शाह अहिले भारतमा छन्। भारत जानुअघि नै उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएको बुझिएको छ। 

नेपाली कांग्रेस महामन्त्री गगन थापाले बिहीबारैभारतको संसद् भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउनुपर्ने र भारतले स्विकार्नुपर्ने बताएका थिए। 

महामन्त्री थापाले लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताएका थिए।

 

जेठ २५, २०८० बिहीबार १६:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।