साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा
फाइल तस्बिर

काठमाडौं : आगामी असार ६ गतेदेखि भारतमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्।

नेपालले जुन असार ६ गते कुवेतसँग र असार ९ गते भारतसँग र समूह चरणको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ।

च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले जुन १५ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।

यस्तो छ नेपाली टीमः–

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

जेठ २५, २०८० बिहीबार १६:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।