सेनाले हिमालबाट संकलन गर्‍यो ३५ टन फोहोर

सेनाले हिमालबाट संकलन गर्‍यो ३५ टन फोहोर

काठमाडौं : नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको छ।

हिमाल सरसफाइ गर्ने तथा फोहोर र प्लास्टिक हटाउने ‘सफा हिमाल अभियान २०२३’ यस वर्ष गत जेठ ८ गते सम्पन्न भयो। यस वर्षको अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य पुरा भयो।

स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानमार्फत हिमालबाट २५ हजार ७०८ केजी फोहोर संकलन गरिएको थियो।

जहाँ सगरमाथा, ल्होत्से क्षेत्रबाट १२ हजार ६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गरिएको थियो भने अन्नपूर्णबाट २ हजार ५६७ किलो र वरुचेबाट १८ हजार ५२० केजी गरी जम्मा गरी ३५ हजार ७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो।

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, श्री अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए।

नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको उनले बताए।

जेठ २५, २०८० बिहीबार १३:५६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।