देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आयो : प्रचण्ड
बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।
लुम्बिनी केवलकारको आज उद्घाटन कार्यकममा बोल्दै उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको र उनिहरुको साथबाट अघि बढ्न चाहेको बताए।
‘कोरोना महामारीको कारण थला परेको देशको अर्थतन्त्र चलायमान गराउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरि र देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरि निजी क्षेत्रका साथीहरुकै सुझावलाई पनि हाल जारी भएको बजेटमा समेटिएको छ।’
उनले उत्पादन र रोजगारी सृजना गर्ने क्षेत्रमा आफ्नो प्रगति उत्साहजनक नरहेको समेत उल्लेख गरे।
जेठ २५, २०८० बिहीबार १३:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।