जहाजभित्र चुरोट तानेको आरोप लागेका झापाका युवकलाई गौशला लगियो

जहाजभित्र चुरोट तानेको आरोप लागेका झापाका युवकलाई गौशला लगियो

काठमाडौँः जहाजभित्र चुरोट खाएको आरोप लागेका व्यक्तिलाई प्रहरीले थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशला पठाएो छ। 

बुधबार साँझ दक्षिण कोरियाबाट आएका एक व्यक्तिलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। 

जहाजको चर्पीमा गएर चुरोट तानेको उनीमाथि आरोप लागेको छ। 

कोरियन एयरलाइन्सको ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको थियो। 

जेठ २५, २०८० बिहीबार ११:३२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।