कालिकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं : कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा रास्कोट-१ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए। घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।

रोकिराखेको र चालक नभएको अवस्थामा ग ३ च ४६१० नम्बरको वोलेरो जिप गुडेर सडकबाट खसेको बताइएको छ।

जेठ २५, २०८० बिहीबार १०:३८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।