संसद्मा बजेटमाथिको छलफल आज पनि

संसद्मा बजेटमाथिको छलफल आज पनि

काठमाडौं : संसद् बैठकमा आज (बिहीबार) पनि बजेटमाथिको छलफल जारी रहनेछ।

संसद् सचिवालयका अनुसार संघीय संसद् भवन, बानेश्वरमा आजको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ।

हाल प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने र छलफल गर्ने क्रम जारी छ। जसले बिहीबार पनि निरन्तरता पाउनेछ।

गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरिएको थियो।

जेठ २५, २०८० बिहीबार ०९:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।