जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु

जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु

काठमाडौं : जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

पन्चमुल शिरुबारीबाट स्याङ्जा फर्कँदै गरेको गाडी बुधबार साँझ अर्जुनचौपारीमा दुर्घटना भएको हो।

चारजना सवार​​​​​​​ बा १ झ ५८७८ नम्बरको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ खोलेस्थित भित्री सडकखण्डमा सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो।

दुर्घटनामा परेर उपचारका क्रममा चालक स्याङ्जा वालिङ नपा-४, एलादी बस्ने ३५ वर्षे अमृत खनालको मृत्यु भएको छ। गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेल साथै विद्युत कार्यालय स्याङ्जाका सुपरभाईजर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन्।

जेठ २५, २०८० बिहीबार ०७:२७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।