महिलामाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

महिलामाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

दाङः तुलसीपुर उप महानगरपालीका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

बाटो निर्माणका क्रममा आपसी विवाद भई रावतले महिलामाथि हातपात गरेको उजुरीका आरोपमा उनलाई नियन्त्रणमा लिइएको दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रावतलाई पक्राउ गरेको थियो।

प्रहरीले मुद्दा दर्ता गर्नभन्दा पनि मिलापत्रका लागि तीव्र दबाब दिएपछि पीडित बाध्य भएर मिलापत्र गर्न तयार भएका थिए। प्रहरीले भने मिलापत्र गर्न भन्दै वडाध्यक्ष रावतलाई उन्मुक्ति दिन खोजेको पीडितको आरोप छ। 

जेठ २४, २०८० बुधबार २०:५३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।