लिभिङ टुगेदरमा बसेका जोडीबीच झगडा, कुटपिटबाट युवतीको मृत्यु

लिभिङ टुगेदरमा बसेका जोडीबीच झगडा, कुटपिटबाट युवतीको मृत्यु

काठमाडौं : काठमाडौंको ठमेलस्थित भगवतीवहालमा डेर गरी लिभिङ टुगेदरमा बसेका जोडीबीच झगडा हुँदा युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङ रहेकी छन्।

उनीसँगै बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारबीच विवाद भई झगडा र कुटपिट हुँदा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

तामाङको मृत्युपछि सँगै बस्ने रञ्जितकारलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ। यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ २४, २०८० बुधबार १४:१०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।