प्रिमियरमा मन जित्यो ‘वेलकम टु हेम्जाकोट’ले

प्रिमियरमा मन जित्यो ‘वेलकम टु हेम्जाकोट’ले

काठमाडौं : फिल्म ‘वेलकम टु हेम्जाकोट’ले प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाएको छ।

जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म सोसल-कमेडी जनारामा बनेको हो।

प्रिमियर शोमा सहभागीले हास्यरसमा बनेको फिल्मले गम्भीर विषय उठाएको भन्दै नेपाली दर्शकलाई मनोरञ्जन दिन सफल फिल्म भन्ने प्रतिक्रिया दिएका थिए।

बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्ममा बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमपछिको अवस्थाबारे कथा भनेको छ।

सरोज पौडेल निर्देशित फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाको समेत अभिनय छ।

प्रिमियर शो हेरेपछि अभिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको बताए।

फिल्ममा अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरू खुसी भएको र दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताएका थिए।

क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन्। मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्।

कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन्। राज सागरले संगीत भरेका छन्।

२४ जेठ, २०८०, १३:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।