अखण्ड भारतकाे नक्साबारे गम्भीरतापूर्वक कुरा उठाएको छु : प्रधानमन्त्री प्रचण्ड

अखण्ड भारतकाे नक्साबारे गम्भीरतापूर्वक कुरा उठाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको अखण्ड भारतको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतपूर्वक कुरा उठाएको स्पष्टिकरण दिएका हुन्।

प्रधानमन्त्री दाहालले मिडियामा सोबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताए।

दाहालले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिए।

प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्शा भएको कुरा पनि भारतीय पक्षले राखेको जानकारी दिए।

जेठ २४, २०८० बुधबार १३:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।