सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न बनायो समिति

सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न बनायो समिति

विराटनगरः प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै लगातार आन्दोलन गर्दै आएको पहिचावादीसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ। 

हिजो (मंगलबार) माओवादी केन्द्रले सरकार र समर्थन छाडेपछि एमाले नेतृत्वको सरकारले वार्ता समिति बनाएको हो। माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ। 

प्रदेशका खानेपानी  तथा सिँचाइमन्त्री  तिलकुमार मेयाङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए।

समितिको सदस्यहरूमा कृषि मन्त्री भक्ति सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी छन्।

नामकरणविरुद्ध पहिचान पक्षधरले गत फागुन १७ गतेदखि आन्दोलन गरिरहेको छ । 

जेठ २४, २०८० बुधबार १२:३९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।