सुनको मूल्य सामान्य बढ्दा चाँदी स्थिर
काठमाडौं : साताको चौथो दिन सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर रहेको छ।
बुधबार सुनको मूल्यमा २ सय रुपैयाँ वृद्धि हुँदा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँ कामय हुँदा तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ।
यस्तै चाँदी भने १ हजार ४२० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत जेठ १९ गते सुन अहिलेसम्मै महंगो भएको थियो। उक्त दिन सुनको मूल्य १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
जेठ २४, २०८० बुधबार ११:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।