तारकेश्वरमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

तारकेश्वरमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं : काठमाडौँको तारकेश्वर नगरपालिका-६ मा बसको ठक्करबाट पैदलयात्री १७ वर्षीय किशोरको मृत्यु भएको छ।

मंगलबार साँझ बसको ठक्करबाट पैदलयात्री खोटाङको बराहपोखरी गाउँपालिका–४ का १७ वर्षीय लप्सन राईको मृत्यु भएको हो

बा २ ख ८४१३ नम्बरको बसले राईलाई साँझ साढे ६ बजे ठक्कर दिएको थियो।

ठक्करबाट घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा बेलुकी ७ बजे मृत्यु भएको हो।

बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ।

जेठ २४, २०८० बुधबार १०:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।