सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम बुधबार ल्याउने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न लागेको हो।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नु हुनेछ।

बुधबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ।

जेठ २४, २०८० बुधबार १०:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।