संघीय संसद्का दुवै सदनको बैठक बस्ने, राष्ट्रिय सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संघीय संसद्का दुवै सदनको बैठक बस्ने, राष्ट्रिय सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं : संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।

विहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ।

साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभा बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ। बैठक बिहान ११ बजे सुरु हुने कार्यतालिका छ।

२४ जेठ, २०८०, ०९:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।